“पोखरा खेलकुद संस्कृतिको रुपमा स्थापित छ”: मुख्यमन्त्री पोखरेल
पाेखरा | पुस ७, २०७९
पोखरा: उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको आयोजनामा पोखरामा १५ औं संस्करणको हिसान स्पोर्टस मिट औपचारिक रुपमा सुरु भएको छ ।
पोखरा रंगशालामा आयोजित १५ औं हिसान स्पोर्टस मिटको एक भव्य समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले उद्घाटन गरेका छन् । सेम अवसरमा बोल्दै मुख्यमन्त्री पोखरेलले पोखरा खेलकुद संस्कृतीको शहरको रुपमा बिकास भएको बताए । उनले भने–“गण्डकी प्रदेशको राजधानी पोखरामा आयोजना हुने ठूला राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता हुन वा अन्य खेल गतिविधिले पनि पोखरा खेलकुदको संस्कृतीको शहरको रुपमा स्थापित गर्न सहयोग गरेको छ ।”
पोखरालाई खेलकुद राजधानीको शहरको रुपमा घोषणा गर्न प्रदेश सरकारले पटक–पटक आफ्ना कुराहरु संघिय सरकारलाई अघि बढाएको बताउँदै मुख्यमन्त्री पोखरेलले हिसानले शिक्षाको क्षेत्रमा जसरी बिकास गरेको छ त्यसरीनै खेलकुद विकासका लागि समेत महत्वपूर्ण भूमिका खेलेकोमा हिसान कास्की प्रति आभार व्यक्त गरे ।
सो अवसरमा आफ्ना भनाई राख्दै हिसानका केन्द्रिय अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद (राखेप)का पूर्व सदस्य सचिव रमेश सिलवालले खेलकुदमा कहिल्यै पनि राजनितीमा जस्तो हार वा जितको विषय नहुने बताए । उनले खेलकुदले एकताको विकास गर्न अहम भूमिका खेल्ने बताउँदै हिसानले आगामी दिन चाँडै नै राष्ट्रियस्तरको फुटसल प्रतियोगिता आयोजना गर्न लागिएको बताउँदै स्पोर्टस मिटले खेलकुद मार्फत मित्रता बढाउन कोशेढुङ्गा सावित हुने उल्लेख गरे ।
हिसान कास्कीका अध्यक्ष याम बहादुर रोक्काको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा १५ औं हिसान स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले शिक्षा संगै खेलकुदको विकास र खेलाडी उत्पादनका लागि स्पोर्टस मिटलाई निरन्तरता दिंदै आएको बताए ।
उद्घाटन कार्यक्रममा अतिरिक्त कृयाकलापमा बिजेता विद्यालय तथा विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने विभिन्न विद्यालयका विद्यार्थीहरुले एकल तथा सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।
बास्केटबल
१५ औं हिसान स्पोर्टस मिट अन्तर्गत बिहिबार प्लस टु छात्रतर्फ १३ खेल सम्पन्न भएको बास्केटबल प्रतियोगिताका संयोजक खिम गुरुङले जनाएका छन् । प्रतियोगिता अन्तर्गत भएको उद्घाटन खेलमा सगरमाथाले रेन्वो ४४–६ को स्कोरले पराजित गरेको छ । यसै गरी हाभर्डले गुरुकुल विद्याश्रमलाई २२–१२, साइनिङस्टारले सबलाइमलाई ११–९ ले, बालोदयले पोखरा मल्टिमोडललाई २७–११ ले, गोरखाले न्यूलाइटलाई १५–१३ ले, बाल क्ल्याणले गुरुकुल विद्यासदनलाई ४१–२४ ले, भाष्करले त्रिवेणीलाई ३७–३४ ले पराजित गरेको छ ।
त्यस्तै सोही स्पर्धा अन्तर्गत जेशिएले वेलननलाई ३६–२ ले, ग्लोबले बेथानीलाई ५०–२० ले, मेरी गोल्डले न्यू मोडललाई २४–७ ले, केएमएले सिर्जनालाई ४१–३२ले, मनकामनाले एलएलाई ६५–१९ ले, मासले डायमण्डलाई ५०–९ ले पराजित गर्न सफल भएका छन् ।
टेबुल टेनिस
यसै गरी प्रतियोगिता अन्तर्गत विश्वविद्यालय छात्रा सिंगल्स टेबुल टेनिसमा पोखरा इन्जिनियरिङकी प्रकिती गौतम प्रथम भएकी छन् भने लेकसिटीकी सिमर विक दोश्रो र लाग्राण्डीकी आस्था श्रेष्ठ र सपना बानियाँ तेश्रो भएका छन् ।
विश्वविद्यालयतर्फ भएको डबल्स् छात्रातर्फ पोखरा कलेज अफ म्यानेजमेन्ट पहिलो हुँदा दोश्रो लेकसिटी कलेज भएको छ । त्यस्तै लाग्राण्डी र पोखरा इन्जिनियरिङ कलेज तेश्रो भएको टेबुल टेनिसका संयोजक आनन्दराज अधिकारीले जनाएका छन् ।
आजै सम्पन्न विश्वविद्यालय छात्र टेबुल टेनिस सिंगल्सतर्फ सोच कलेजका कविर श्रेष्ठ पहिलो हुँदा लिंकनका अमिष ढकाल दोश्रो भएका छन् । त्यस्तै पिसिएमका शिसिर बास्तोला र इम्फरमेटिक्सका प्रताप खड्का तेश्रो भएका छन् ।
त्यसै गरी छात्र डबल्सतर्फ लिंकन कलेज पहिलो, सोच कलेजले दोश्रो भए भने पोखरा इन्जिनियरिङ्ग कलेज र पोखरा कलेज अफ म्यानेजमेन्ट तेश्रो भएको हिसान कास्कीले जनाएको छ ।
भलिबल
१५ औं हिसान स्पोर्टस मिट अन्तर्गत प्लस टु छात्र–छात्रा भलिबलतर्फ १६ वटा खेलहरु सम्पन्न भएको संयोजक किरण सापकोटाले जनाएका छन् । प्रतियोगिता अन्तर्गत छात्रतर्फ पोखरा यूनाइटेडले लिटिलस्टेपलाई, बाल प्रभातले केएमएलाई, स्पाइर ग्यालेक्सीले ग्लोबललाई, केफले अक्सफोर्डलाई, हिल पोइन्टले त्रिवेणीलाई, वेष्ट पोइन्टले वेलननलाई, टप्सले बालोदयलाई, मासले पोखर मल्टिमोडललाई, प्रतिभाले भाष्करलाई पराजित गर्न सफल रहे ।
त्यस्तै प्लस टु छात्रा भलिबलमा केएमएले प्रतिभालाई, पश्चिमाञ्चलले जेसिएलाई, केफले सिर्जनालाई, मदर ल्याण्डले शाइनिङ स्टारलाई, हिल पोइन्टलो मल्टिमोडललाई, केएमएले टप्सलाई, डायमण्डले न्यू ग्यालेक्सीलाई जितेको संयोजक सापकोटाले जानकारी दिए ।
ब्याडमिन्टन
स्पोर्टस मिट अन्तर्गत नै बिहिबारबाट प्लस टु छात्र–छात्रा सिंगल्स र डबल्सका ब्याडमिन्टनका पहिलो चरणका स्पर्धा सुरु भएको ब्याडमिन्टनका संयोजक पुरन कुंवरले जनाए । आज सिंगल्स र डबल्सतर्फ गरी कूल ६९ वटा खेलहरु सम्पन्न भएका छन् । शुक्रबारबाट विश्वविद्यालयतर्फका पहिलो चरणका खेलहरु हुने र प्लस टुतर्फ प्रि क्वाटरका खेलहरु सुरु हुने उनले जनाए ।
हरेक वर्ष आयोजना हुँदै आएको हिसान कास्की स्पोर्टस मिट अन्तर्गत छात्र–छात्रा बास्केटबल, भलिबल, व्याडमिन्टन र टेबुल टेनिसका प्रतिष्पर्धा हुने स्पोर्टस मिटका संयोजक डा.रामजी शर्माले जनाएका छन् । बास्केटबल छात्रतर्फ ४२ टिम र छात्रातर्फ २५ टिमको सहभागिता रहने छ भने भलिबल छात्रतर्फ ३४ टिम र छात्रातर्फ २२ टिमको सहभागिता रहने संयोजक शर्माले जानकारी दिए । विश्वविद्यालयतर्फ बास्केटबल छात्रतर्फ ८ टिमको सहभागिता रहेको छ ।
यसै गरी व्याडमिन्टन छात्र–छात्रातर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ भने सिंगल्स र डब्ल्स गरी कुल १ सय ४१ प्रतिष्पर्धाहरु हुने हिसान कास्कीले जनाएको छ । यस्तै टेबुल टेनिसतर्फ ३४ विद्यालयहरुको सहभागिता रहेको छ । टेबुल टेनिसतर्फ सिंगल्स र डब्ल्समा गरी १ सय ५० वटा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।
पौष १० गते सम्म सञ्चालन हुने हिसान कास्की स्पोर्टस मिट सम्पन्न गर्न करिव १५ लाख खर्च हुने अनुमान गरिएको संयोजक शर्माले पोखरा स्पोर्टसलाई जानकारी दिए ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीमा विद्यालय, कलेज र विश्वविद्यालय गरी आवद्धता रहेका ७२ मध्ये ६० शिक्षण संस्थाले स्पोर्टस मिटमा सहभागिता जनाएका छन् । जस मध्ये ९ बटा विश्वविद्यालय रहेका छन् । स्पोर्टस मिटमा ८ हजार विद्यार्थीहरुको प्रत्यक्ष सहभागिता रहने हिसान स्पोर्टस मिट प्रचार प्रसार संयोजक डिल्लीराम अर्यालले जानकारी दिए ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा ठुलो आर्थिक अनियमितता भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्को भ्रष्टाचार मुद्दा दायर गरेको छ । ...
काठमाडौं: सोमबार सुनको भाउ तोलामा ६ हजार ५ सय रुपैयाँ घटेको छ । अघिल्लो दिन १२ हजार ५ सय रुपैयाँ घटेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि सुनको भाउ प्रतितो...
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...

